काठमाडौं । प्रहरीले रसुवामा झण्डै १५ लाखको सुन बरामद गरेको छ । १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका १, हाकुका ४४ वर्षीय सिने वाङ्दी तमाङ, आमाछोदिङ्मो ५ का ३६ वर्षका ल्ह्का बुट्टी तामङ र २३ वर्षीय लक्ष्मी तामाङ पक्राउ परेका छन् ।
सिने वाङ्दी तामाङ नेपाली कांग्रेसका जिल्ला कमिटी सदस्य समेत हुन् । चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूले पाँच थान बेरूवा औंठीको रूपमा उक्त सुन ल्याएको प्रहरीको भनाई छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






