काठमाडौं । डा. गोविन्द केसीको आन्दोलनले नेपालको नर्सिङ शिक्षा तहसनहस भएको छ । केसीको आन्दोलनले देशभरका १७५ भन्दा बढी कलेज बन्द भएका छन् । नेपालको नर्सिङ शिक्षा महंगो बनेको छ । केसीले सिटीईभिटी अन्तर्गतका कलेज बन्द गर्दा नर्सिङ शिक्षा पढ्न चाहना भएका युवतीहरुको सहारा भारत बनेको छ ।
डा. केसीले नेपालमा आन्दोलन गर्न सुरु गरेयता भारतले सीमा क्षेत्रमा ८५ वटा नर्सिङ कलेज खोलेको छ । नेपालका कलेज बन्द भएका छन् । केसीले मापदण्डको विषय उठाए । तर, कलेज बन्द हुने गरी सरकारसँग अत्तो थापेका छन् । मेडिकल शिक्षा सुधारक बन्न खोज्दा नेपालका विद्यार्थीले डाक्टर र नर्स पढ्न भारत जानुपर्ने बाध्यता भएको छ ।
उपत्यका केन्द्रित मेडिकल कलेज नयाँ खुल्न दिएनन् । सम्बन्धनको पर्खाइमा रहेका डा. सुनिल शर्माको नोबल कलेज मोरङ, दुर्गा प्रसाईंको बिएण्डसी झापा, राजेन्द्र पाण्डेको मनोमहन मेडिकल कलेजहरुलाई सम्बन्धन रोक्ने काम पनि केसीको आन्दोलनले गर्यो । नेपालको नर्सिङ शिक्षामा पनि डा. केसीको आन्दोलन बाधक भयो ।
अहिले नेपालका कलेज बन्द भए । भारतले सीमा क्षेत्रमा पूर्वमेचीदेखि महाकालीसम्म नर्सिङ कलेज खोलेको छ । नेपालको पैसा शिक्षा र स्वास्थ्यका लागि विदेश जाने वातावरण बनाउने केसी जस्ता विद्वानलाई कसरी सुधारक भन्ने ? प्रश्न उब्जिन थालेको छ ।




