सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका २ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । मेलाबाट फर्किने क्रममा तीन जनाको कुटाइबाट एक जनाको निधन भएको हो ।
कुशे गाउँपालिका २ का जनक शाहीको मृत्यु भएको हो । शुक्रबार राति शाहीको मृत्यु भएको खबर आएलगत्तै बिहान प्रहरी घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।




