वीरगन्ज । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सशस्त्र प्रहरी पर्साले एक भारतीयलाई नियन्त्रणमा लिएको छ । मंगलबार अपराह्न १ बजेतिर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका उनलाई पक्राउ गरिएको हो ।
बीआर ०५ एआर ८१०१ भारतीय नम्बरको मोटसाइकलमा सवार भारतीय नागरिकलाई जाँच गर्दा उनले प्रयोग गरेको हेलमेटबाट १० लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिका १६ भन्सार रोडस्थित १३ नम्बर गण र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।






