तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहिलाई पोखरा लैजाने तयारी भइरहेको छ ।




