रौतहट । लघुबित्त र मिटर ब्याज पिडित संघले बिहिबार रौतहटको चन्द्रपुरमा प्रदर्शन गरेको छ । जिल्ला भरी प्रदर्शन गर्ने कार्यक्रमलाई प्रहरीले अवरोध उत्पन्न गरेको आरोप मिटर ब्याजी पीडित संघले जनाएको छ ।
मधेश प्रदेशभरीबाट लघुवित्त र मिटर ब्याज पीडितहरुलाई रौतहटमा ल्याएर प्रदर्शन गर्ने कार्यक्रममा प्रहरीले अवरोध गरेको उनीहरुको आरोप छ । उनीहरुले दिउँसो चन्द्रनिगाहपुरमा प्रदर्शन गरेका हुन् ।
मिटर ब्याजी पीडितहरुद्वारा उच्श्रृंखल गतिविधि गर्ने सूचना पाएपछि स्थानीय प्रशासन सजग भएर चन्द्रनिगाहपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको बताइएको छ ।




