सप्तरी । सप्तरीमा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले सुरुङ्गा ५ कुशाहा टोल सडक खण्डबाट पक्राउ गरेको हो । उनले लगाएको जिन्स पाइन्टबाट ० दशमलव ३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






