काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् । भिजिट भिसामा खाडीका देश पठाउन नक्कली कागजात बनाउने काममा सहयोग गरेको आरोपमा पोखरेललाई आज मंगलबार पक्राउ गरिएको छ ।
पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । नक्कली कागजात प्रकरणमा प्रहरीले कन्सल्टेन्सीका सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको छ ।






