रौतहट । रौतहटको मौलापुर नगरपालिकाको छुट्टा छुट्टै दुई वटा वडामा भएको आगलागीबाट ४ वटा गोठ जलेर नष्ट भएको छ भने गोठमा रहेको ५ चौपायाको जलेर मृत्यु भएको छ ।
मौलापुर ६ पथरा बुधराम स्थित त्रिभुवन रामको गोठमा गएराति साढे १० बजे अचानक भएको आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको हो । गोठमा रहेको भैँसी र बाख्रा गरी ५ चौपायाको जलेर मृत्यु भएको छ । गाउँले र प्रहरी मिलेर आगलागी नियन्त्रणमा लिएका थिए ।
त्यसैगरी मौलापुर ३ गम्हरियामा गएराति ११ बजे भएको आगलागीबाट ३ वटा गोठ जलेर नष्ट भएको छ । मौलापुर नगर प्रमुख रिनाकुमारी साहले आगलागीको कारण पता लगाउन र पीडित परिवारलाई तत्काल सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छिन् ।






