कैलाली । कैलालीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना घाइते भएका छन् । जिल्लाको गौरीगङ्गा नगरपालिका ६ बनबेहडामा कार र मोटरसाइकल एकआपसमा ठोक्किँएको हो ।
दुर्घटनामा सुदूरपश्चिम प्रदेश ०३००१ प ०१३ नम्बरको मोटरसाइकल चालक अछाम साँफेबगर नगरपालिका ४ का २५ वर्षीय रोशन सुनार र मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बा ११ च ८७२९ नम्बरको कार र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






