वीरगंज । स्कार्पियो अनियन्त्रित भएपछि मधेस विश्वविद्यालयको पर्खाल भत्किएको छ । मधेस प्रदेश–०२–००१ झ–००२३ नम्बरको सरकारी स्कार्पियो विश्वविद्यालयभित्रबाट पर्खाल भताउँदै बाहिर निस्केको थियो ।
दुर्घटनामा मानवीय क्षति नभए पनि विश्वविद्यालयको मूल ढोकासँगै जोडिएको पर्खालमा क्षति पुगेको छ । स्कार्पियो चालक फरार छन् । चालकले मदिरा सेवन गरेको र सवारी अनियन्त्रित भएर सो घटना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।




