सप्तरी । बाराको एक निजी विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी सुकलहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेका प्रहरीले जनाएको छ ।
सिंहलाई विश्रामपुर गाउँपालिका ३ सीमा नजिकैबाट दुई राउन्ड गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिंहको दुई वटै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भइरहेको छ ।
सिंहको साथबाट एक थान पेस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । गएको असोज १३ गते कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको थियो ।




