सिराहा । सिराहाको मिर्चैयास्थित होटलमा एक पुरूष मृत फेला परेका छन् । कटारी चोकमा रहेको ओखलढुङ्गे होटलमा बुधबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर २ का ४० वर्षीय मुकेशप्रसाद कर्ण मृत फेला परेका हुन् ।
हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार ती पुरूष होटलको कोठामा अचेत भएपछि सँगै रहेकी महिलाले होटल सञ्चालकलाई खबर गरेकी थिइन् ।
ती महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । घटना बारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।




