सिरहा । सिरहामा आधा जलेको अवस्थामा एक युवकको शव फेला परेको छ । धनगढीमाई नगरपालिका ६ स्थित गागन खोलामा आधा जलाएको अवस्थामा अन्दाजी २५/२६ वर्षीय युवकको शव फेला परेको हो ।
सिरहाका प्रहरीका अनुसार शुक्रबार बिहान ११ बजेतिर स्थानीयले आधा जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खोजिएको जस्तो देखिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ । घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतार हतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




