वीरगंज । पटेर्वासुगौली गाउँपालिकामा शनिबार एक जना वृद्धले पासो लगाएर आत्महत्या गरेका छन् । पटेर्वासुगौली गापा ५ स्थित हुलाकी सडकखण्डको मनिहर्वानजीक गाई फार्ममा वृद्धले आत्महत्या गरेका हुन् ।
वीरगंज महानगरपालिका १६ मिथिलानगरका पुरुषोत्तम क्षत्री पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । खाली अवस्थामा रहेको गाई फार्ममा क्षत्री झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरीले शवलाई शल्यपरीक्षणको लागि नारायणी अस्पताल, वीरगंज पठाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




