काठमाडौं । लागूऔषधको मुद्दा मिलाइदिने भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरीमा तत्कालीन कार्यरत सई साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
साउदले लागूऔषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग ३० लाख लिइसकेको अवस्थामा आयोगले रंगेहात पक्राउ गरेको थियो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उनी बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए ।
लागूऔषधको मुद्दा मिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस माग गरेका थिए । उक्त सूचना अख्तियारले पाएपछि टोली खटिएको थियो ।






