रौतहट । लाखौं रकम फोनबाट धम्की दिइ माग गर्ने एक जनालाई रौतहटमा पक्राउ गरि प्रहरीले बिहिबार सार्वजनिक गरेको छ । लाखौं रकम माग गर्ने एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर आपराधिक लाभ सम्बन्धि कसुर अन्तर्गत अनुसन्धान गरेर कारवाही अघि बढाइएको छ ।
रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ का ३४ वर्षिय भैयाराम साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले मोबाइल नम्बर ९८०१५७७५१० एनसेलको सिमबाट व्यापारीको मोबाइलमा पुस १० गतेदेखि लिएर १८ गतेसम्म पटक पटक फोनमा व्यापारी र उनको छोराछोरीलाई ज्यान मार्ने धम्की दिदै पाँच लाखदेखि ५० लाखसम्म रकम माग गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कसुर २१ को दफा ३५३ अनुसार साहलाई ७ वर्ष कैद र ७० हजार जरिवानाको प्रावधान अनुसार सजाय हुनेछ ।




