काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महतोले २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।




