सुगौली सन्धि मार्फत जमीन गुमाएको नेपालले, दश हजार मेगावाट बिजुलीको नाममा जलस्रोत पनि गुमाउन पुग्यौं । निम्न कारणहरूले गर्दा दश हजार मेगावाट बिजुली निर्यात गर्दा पनि नेपाललाई फाइदा देखिँदैन ।
१. दश हजार मेगावाट बिजुली उत्पादन गर्नको निम्ति भारत सरकार वा भारतीय कम्पनी वा भारतीय कम्पनी मार्फत कोही अन्य कम्पनी आउँछ नेपालमा ।
२. उत्पादन गर्न गराउन चाहिने जनशक्ति पनि भारतीय र अन्य विदेशीहरू नै आउँछन् ।
३. लगानी उसको, जनशक्ति उसको, सामान उसको भएपछि उत्पादन मूल्य पनि उसैले (इन्डियन कम्पनी) तोक्छ । तोक्ने नै भयो । यसरी नै तोकिन्छ ।
४. बिजुली उत्पादन कम्पनी कहाँको हुन्छन् ?
इन्डियाको ।
त्यो दश हजार मेगावाट बिजुली निर्यात गर्ने देश वा क्षेत्र कहाँ छ ?
इंडिया नै हो ।
बिजुली किन्ने देश कुन हो ?
इंडिया नै हो ।
५. अब भन्नुस, के इन्डियाले नेपाल सरकारलाई वा नेपाल विद्युत प्राधिकरणलाई पैसा भुक्तान गर्छ, त्यो दश हजार मेगावाटको ?
एकछिनको लागि सम्झनु होस्, ल नेपाल विद्युत प्राधिकरणलाई गर्छ रे । तर उत्पादन कम्पनी इन्डियाको भइसकेपछि, नेपाल विद्युत प्राधिकरणले पुन त्यही इन्डियन कम्पनीलाई उक्त पैंसा तिर्नु परेन ? वा उक्त पैसा फिर्ता गर्नु परेन ?
अनि दश हजार मेगावाट बिजुली बेचेर आएको रुपैयाँ पुन इंडिया गएन् ? नेपाल त बिचौलियाको काम मात्र गर्ने गराउने हो ? दलाली काम गरे बापत कमिशन खाने नेपालले ? यही हो नेपालको आम्दानी ?
६. अहिलेको विश्वमा हिमालको त्यो चिसो पानी अमूल्य भइसकेको छ । बिजुली उत्पादन गर्ने स्थान नेपालको ।एउटा सार्वभौम स्वतन्त्र देश नेपालका ठूला ठूला नदीहरूमा इन्डियन कम्पनीलाई बिजुली उत्पादन गर्न लगाएर, बिजुली उतै लगायर, उल्टै आफ्नै नदीहरू माथिको नियन्त्रण इन्डियाको हातमा सुम्पिने ? यो प्रकारको सम्झौता दूरगामी रूपमा नेपालको हितमा प्रयोग हुने देखिँदैन ।
७. अझ ती नदीहरूको चिसो पानीको मूल्य नै गरिएको छैन सम्झौतामा । पानी त उसले सित्तैमा लैजाँदै छ । जबकि विश्वमा पानीको पनि मूल्य गरिन्छ र गरिएको छ । गर्छन् । इन्डियाले चिसो पानी खाडी मुलुकमा बेच्दै छ टनेल (सामुन्द्रिक पाइपलाइन) मार्फत ।
टनेल बनाउने काम तीव्र रूपमा भइरहेको छ । टनेलमा दुई पाइपलाइन निर्माण गरिने छ, एउटा खाडीबाट इन्धन आपूर्ति गर्ने इन्डियामा, यताबाट हिमालको चिसो पानी बेच्ने हो इन्डियाले । तर नेपालको पानी सित्तैमा ?
८. एकथरीले ठूलो भ्रम श्रृजना गरेको पनि देखिन्छ । नेपालले पनि उत्पादन गरेर इन्डियालाइ बेच्न सक्छ भनेर । त्यो गलत हो । इन्डियाको लगानी बाहेक अन्य राष्ट्र वा कम्पनीले उत्पादन गरेको बिजुली उसले नकिन्ने नीति बनाएको छ । कानुन बनाएको छ । जस्तै नेपालले कुनै देशसँग ऋण धन गरेर बिजुली उत्पादन गरे पनि किन्दैन उसले ।
९. नेपालले बंगलादेशलाई पनि आफ्नो बिजुली निर्यात गर्न सक्दैन । इन्डियन कम्पनीले नेपालमा उत्पादन गरेको बिजुली, नेपाल विद्युत प्राधिकरण मार्फत बेच्ने हो । नेपालले आफ्नै देशको बिजुली बिचौलियाको काम गर्ने मात्र हो ।
१०. तिस वर्षको पञ्चायत कालमा उसले गरेको भरमग्दुर कोशिस बल्ल अहिले ४०/४५ वर्ष पछि गणतन्त्रमा सम्भव भएको छ इन्डियाको लागि । उसको दाउ नेपालका ठूला सबै नदीहरू सित्तैमा आफ्नो नियन्त्रणमा पार्ने थियो । यो दश हजार मेगावाट बिजुलीको नाममा हात पार्न सफल भएको छ ।
११. सुगौली सन्धि मार्फत जमीन गुमाएको नेपालले, दश हजार मेगावाट बिजुलीको नाममा जलस्रोत पनि गुमाउन पुग्यो, नयाँ शताब्दीमा आउँदा समेत ।
१२. जल विद्युत संसारमा सबैभन्दा सस्तो ऊर्जा र वातावरण मैत्री प्रविधि हो । यसको उत्पादन देशका कल कारखाना खोल्न, चलाउन र त्यो मार्फत रोजगारी सृजना गर्न गराउन अर्थात् नेपालको संमृद्धिको लागि प्रयोग गर्ने ऊर्जा हो । तर यहाँ उल्टो भइरहेको छ । धिक्कार छ हामी सबैलाई ।
अस्तु ।




