बाँके । नेपालगंज उपमहानगरपालिका २० रमेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । १ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय रामचन्द्र यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी गनापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।




