कालिकोट । कालिकोटमा पानीमा डुबेर एक शिशुको मृत्यु भएको छ । रास्कोट नगरपालिका ९ बालुखेत बस्ने देवराज उपाध्यायको १८ महिनाको छोरा होमराज उपाध्यायको शौचालयमा राखिएको बाल्टिनको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अभेत भएका उनको रास्कोट नगर अस्पताल गौतुकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






