रौतहट । इलाका प्रहरी कार्यालय, मौलापुरले मौलापुर नगरपालिका ५ बाट लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । उनको साथबाट नाइट्रोभ्याट २८९ थान बरामद भएपछि पक्राउ गरिएको हो ।
ना १३ प ४१९२ नम्बरको मोटरसाइकलमा सवार फतुवा विजयपुर नगरपालिका ८ विजयपुर बस्ने २८ वर्षीय सञ्जयकुमार दासलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।






