रौतहट । रौतहटको चन्द्रपुर ६ मा रहेको बालनिकेतन माविमा खेल सप्ताह शुरु भएको छ । बाल निकेतन माविमा संचालित खेल सप्ताहको मेयर संजय कुमार काफ्लेले उद्घाटन गरेका छन् । बालनिकेतन माविमा विद्यालयका कार्यकारी निर्देशक दिपक रेग्मीको सभापतित्वमा खेल सप्ताह शुरु भएको हो ।
चन्द्रपुर नगरपालिकाका मेयर संजय कुमार काफ्लेले लोकतन्त्र प्राप्तीको लागी शहिदहरुको अतुलनिय योगदान रहेको बताएका छन् । शहिद दिवश तथा खेल सप्ताहको उद्घाटन गदै मेयर काफ्लेले शहिदहरुले आफनो ज्यानको प्रवाह नगरी योगदान गरेकै कारण अहिले स्वतन्त्र भएर बाच्न र बोल्न पाएको बताए ।
खेलको माध्यमले विद्यालय मात्र नभई वडा र नगरको नै पहिचान बनाउने भएकाले बालबालिकालाई खेलकुदमा लगनशिल हुन समेत उनले आग्रह गरेका छन् । नगरपालिकाले प्रायः हरेक खेलकुदको कार्यक्रममा सहयोग गर्दै आएको बताउँदै खेलले मानिसमा अनुशासित, स्वस्थ, नियमपालन लगायतका कुराहरु सिकाउने बताए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख नेत्र प्रसाद शर्माले सहिद दिवसको अवसर पारेर विद्यालयले गरेको खेल सप्ताह सुरु गरेकोमा प्रशंसा गरे । स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले विद्यालयस्तरमा हुने यस्ता किसिमका प्रतियोगिताले खेलाडी उत्पादन गर्ने उनको भनाई छ ।
कार्यक्रममा प्रेस चौतारी मेधश प्रदेशका अध्यक्ष फणिदेव महतले पछिल्लो समयमा शारीरिक कसरत नगरी खेल भनेको बालबालिकाले मोवाईलमा खेल खेल्ने गरेको बताए । अध्यक्ष महतले बालबालिकामा कसरतको बानी हट्ने भएकाले शारीरिक रुपमा नै खेल खेल्न सुझाव दिए । कार्यक्रममा रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले महिला फुटबलका लागि चन्द्रपुर परिचित रहेको बताँउदै खेललाई स्थानिय तहले पनि प्रोत्साहि गरिनुपर्ने धारणा राखेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरिक्षक सुशिल आचार्य, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सुरेन्द्र विक्रम बर्तौला, सशस्त्र वेशक्याप सन्तपुरका गणेश वोहरा, रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्ष विभु पोखरेल, चन्द्रपुर हस्पिटल प्रा.ली.का प्रमुख डा. सुवास चौधरी, जनज्योति बहुमुखी क्याम्पसका प्रमुख राजन श्रेष्ठ, प्रेस चौतारीका केन्द्रिय सदस्य रमेश तिमल्सिना, संचारकर्मी, शिक्षाप्रेमी अतिथीहरुले विद्यालयका हाउस क्याप्टेनलाई खेल सामग्री प्रदान गरेका थिए ।
बाल निकेतन बोडिङ्ग स्कूलले शैक्षिक क्लेण्डर अनुसार सहिद दिवसको अवसर पारेर प्रत्येक वर्ष खेल सप्ताह मनाउँदै आएको छ । मंगलबारबाट शुरु भएको खेल सप्ताह माघ २० गते समापन हुने सो विद्यालयका कार्यकारी निर्देशक दिपक रेग्मीले जानकारी दिए ।




