सलार्ही । सर्लाहीको ईश्वरपुरमा माघ १४ देखि फागुन ०५ गतेसम्म नि:शुल्क आँखा उपचार संचालन भइरहेको छ । ईश्वरपुर नगरपालिका वडा नम्बर १ देखि १५ सम्मका सम्पूर्ण सामुदायिक विधालयका विद्याथीहरूको नि:शुल्क आँखा उपचारको व्यवस्थापन मिलाइएको छ ।
यस अवसरमा ईश्वरपुर नगरपालिकाले सम्पूर्ण विधार्थीहरुलाई तोकिएको मितिमा आँखा उपचार केन्द्र ईश्वरपुरमा आई आँखा जाँच गर्न आग्रह गरेको छ । उक्त कार्यमा विधार्थीलाई आँखा उपचार केन्द्र ईश्वरपुरसम्म ल्याउने व्यवस्थापन गरि सहयोग गरिदिनु हुन विद्यालयलाई अनुरोध पनि गरिएको छ ।
यस्तै ईश्वरपुर नगरपालिकाले Helping Hands for Health Consultancy Kathmandu को सहयोगमा महिला स्वास्थ्य सम्बन्धि नि:शुल्क उपचार तथा परामर्श कार्यक्रम गर्ने भएको छ । ईश्वरपुर नगर अस्पतालको आयोजकत्वमा महिला स्वास्थ्य सम्बन्धि नि:शुल्क उपचार तथा परामर्श कार्यक्रम माघ २४ र २५ गते संचालन हुन लागेको हो ।




