बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिकामा एक युवकले आफ्नै सहकर्मीको हत्या गरेका छन् । बुद्धशान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा कार्यरत पाँचथर नागी घर भएका ३५ वर्षीय विक्रम सेनेहाङको हत्या भएको हो ।
शुक्रबार राति पौने ८ बजेतिर ब्लक उद्योगमा कार्यरत सेनेहाङ र झापा शिवसताक्षी नगरपालिका ८ घर भएका १९ वर्षीय मिलन पुरकोटीबीच विवाद भएको थियो । विवादका क्रममा पुरकोटीले काठको मुङ्ग्रो र फलामको हम्मरले सेनेहाङको टाउकोमा प्रहार गरेका थिए ।
गम्भीर चोट लागेका सेनेहाङको उपचारका क्रममा शनिबार बिहान ५ बजे विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हम्मर प्रहार गर्ने पुरकोटीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




