कैलाली । कैलालीमा स्कारपिओको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयर बाजी सिंह खड्काले चलाएको से १ झ ३१७ नम्बरको स्कारपिओको ठक्करबाट एक जना घाइते भएका हुन् ।
शनिबार साँझ भीमदत्त राजमार्ग अन्तरगत कैलालीको चुरे गाउँपालिका ५ निङलाडीमा धनगढीबाट दिपायल जाँदै स्कारपिओको ठक्करबाट चुरे गाउँपालिका ५ का ५५ वर्षिय पदम सुनार घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सुनारको टाउकोमा चोट लागेको र उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । यस्तै गाडी र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।






