डडेल्धुरा । डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो दलेर चप्पलको माला लगाइएको छ । डडेल्धुरा आलिताल गाउँपालिका ३ का जयसिंह महरलाई आइतबार दिउँसो मोसो दलेर चप्पलको माला लगाइएको हो ।
मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई मोसो दलेको प्रहरीले जनाएको छ ।




