बारा । जितपुरसिमरा उपमहानगरपालिका २१ बाट अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरिएको छ । लागूऔषध चरेश करिब ३५ किलोसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र सोही ठाउँ बस्ने ४४ वर्षीय मोहमद अबजाल रहेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको उक्त चरेश फेला पारी कार चालक साफिर र कारमा सवार मोहमदलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




