तराई अनलाइन मिडिया एण्ड टेक्नोलोजी आजदेखि तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । हाम्रो यस कम्पनी मार्फत तराई अनलाइन डट कम सञ्चालनमा रहेको छ ।
अहिले संसारभर पत्रकारिता अनलाइन माध्यमतर्फ केन्द्रित भइरहेको सन्दर्भमा नेपाली सञ्चारजगत् पनि अछुतो रहने कुरा भएन । सोही अनुरुप अहिले हामी मूलधारको मिडियाका रुपमा अघि बढ्ने क्रममा रहेका छौं ।
हाम्रो कम्पनी २०७७ साल फागुन ४ गते सरस्वती पूजाको दिन सुरुवात भएको सबैमा जानकारी नै छ । हामी सत्य, तथ्य एवम् निस्पक्ष खबर दिने प्रतिवद्धता सहित स्थापना भएका थियौं र हामीले आफ्नो मूख्य उदेश्यलाई अहिलेसम्म पालना गरिरहेका छौं ।
हामी तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरिरहदाँ यसले निक्कै आरोह अवरोह छिचोल्दैं र अनेक अप्ठयारा परिस्थितिलाई चिर्दै सफलता पूर्वक यहाँसम्म आइपुगेका हौं । यस अवधिमा हामीलाई दवाव दिने नियतले धम्की दिनुहुने महानुभावहरुलाई पनि धन्यवाद व्यक्त गर्दछौं । साथै हामी कसैको प्रवाह नगरि आफ्नो कार्यमा निरन्तर अघि बढिरहेको समेत जानकारी गराउँदछौं ।
एउटा मिडिया हाउसका निम्ति तीन वर्षको अवधि लामो होइन् । हामीले आफूलाई कसरी जिम्मेवार ढंगमा अघि बढाउने भन्ने सवालमा गृहकार्य गर्दा गर्दै यो अवधि पार गरेका छौं । तर, हामीले यो छोटो अवधिमै शुभेच्छुकबाट जे जस्तो सद्भाव, प्रेम र स्नेह पाउन सफल भएका छौं, त्यसबाट हामी निकै उत्साहीत छौं ।
आगामी दिनहरुमा पनि हामीले सिकेको सीप एवम् पाएको साथ सहयोगलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गर्दछौं । साथै, हामीलाई रचनात्मक र सकारात्मक सल्लाह सुझाव दिनु हुने सबै प्रति हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछौं ।
साथै आगामी दिनमा तराई अनलाइन संविधानका विविध पक्ष, राष्ट्रियताको पक्षपोषण, सुशासन, पारदर्शिता, सामाजिक परिवर्तन, नागरिकहरूको हक अधिकार र स्वाभिमान प्रति सधैँ चनाखो हुँदै विषय वस्तुको घेरा अझै फराकिलो बनाई सुचना एवम् सन्देश दिन सधै तत्पर रहने कुरा समेत जानकारी गराउँदछौं ।
हामीले यस अवधिमा पाठकहरुबाट प्राप्त विश्वास, उत्प्रेरणा र खबरदारीलाई नै हाम्रा अमूल्य आर्जनका रुपमा लिएका छौं । विश्वसनीय अनलाइन हुनुको परिचय पनि यही हो भन्ने हामीलाई लागेको छ । यसरी नै सबैको साथ, सहयोग एवम् माया निरन्तर रहने अपेक्षा राख्दछौं ।
अन्तमा निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामाग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं । हाम्रो तीन वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नु हुने सबैमा धन्यवाद दिन चाहन्छौं । हाम्रो यात्राका क्रममा तपाईंहरुले दिनुहुने सल्लाह र सुझावलाई आत्मसात गर्दै अघि बढ्नेछौं ।
हामीलाई माया मात्र होइन्, हामीलाई गाली गर्न पनि नभुल्नु होला ।
धन्यवाद
रोशन पोखरेल
सम्पादक
roshanpokhrel64@gmail.com
Whatapp/Viber :- 9845562781




