बझाङ । बझाङमा मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जयपृथ्बी नगरपालिका ७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रसाद जोशीको निधन भएको हो ।
उनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी हमालले कुटपिट गर्दा जोशीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै, थप अनुसन्धानको लागि हमालको छोरालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




