सुर्खेत । सुर्खेतमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका ३ मा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो ।
एरिचोकका बा ९५ प ५२९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भे १ त ४५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा युवकको मृत्यु भएको हो । मृत्यु हुने युवक स्थानीय २८ वर्षीय विजय राना रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका १ ढोडेखालीका २३ वर्षीय रुपेश गिरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर चालक र साहु भने फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






