संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन् । खाँदबारी नगरपालिका ७ स्थित आर्मी क्याम्पनजिकै घरयासी विवाद हुँदा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका हुन् ।
गएराति खाँदबारी ७ स्थित आर्मी क्याम्पनजिकै २६ वर्षीया विना राईको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुले जानकारी दिए ।
घरयायी विवाद हुँदा खाँदबारी नगरपालिका ११ आङ्ला घरभई खाँदबारी बस्ने २७ वर्षीय मङ्सिरे शेर्पाको कुटपिटबाट श्रीमती विनाको हत्या भएको प्रहरी निरीक्षक जगेवुले बताए ।
शेर्पाले कुटपिट गरी श्रीमती विनाको हत्या गरेको खुल्न आएको प्रहरी निरीक्षक जगेवुले बताए । मृतक राईको शरीरका विभिन्न भागमा चोट र नीलडाम देखिएको छ ।
हत्या लगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको प्रहरीले जनाएको छ । शेर्पा खाँदबारी नगरपालिका ११ आङ्ला घरभई खाँदबारी नगरपालिका १ मा बस्दै आएका थिए ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि संखुवासभा जिल्ला अस्पतालमा राखिएको छ । शेर्पा केहि वर्षयता सवारी चालक पेशामा आवद्ध थिए ।




