काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरीदमा भ्रष्टाचार गरेको आरोपमा शहीदनगर नगरपालिकाका तत्कालिन मेयरसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा खरीद गरेको प्याड सार्वजनिक खरीद नियावली अनुसार नभएको, गुणस्तर नभएको भन्ने उजुरीको आधारमा अख्तियारले छानविन गरेको थियो ।
सो छानविनबाट तत्कालीन मेयर उदयकुमार यादव, तत्कालीन उपमेयर शिला देवी कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्न यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, तत्कालीन जिन्सी शाखा प्रमुख सुदीप कुमार भट्टराई रहेका छन् ।
यस्तै तत्कालीन स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, श्री माध्यमिक विद्यालय हठ्ठीपुरवाहाका तत्कालीन प्रअ श्रीकृष्ण भिनवार, नगरपालिकाका तत्कालीन सब इन्जिनियर सरोजकुमार महतो र रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुर रहेका छन् ।
अख्तियारले उनीहरुविरुद्ध १३ लाख ९३ हजार ६८७ रुपैयाँ विगो तोकि त्यस बमोजिम जरिवाना र कैद माग दावी गर्दै मुद्धा दर्ता गरेको हो ।






