तनहुँ । तनहुँको देवघाट गाउँपालिका दराइटारमा चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते भएका छन् । चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएका हुन् ।
सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्परा अनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा आगो सल्काउने क्रममा दुई जना घाइते भएका हुन् ।
पेट्रोलको लप्काबाट निस्केको आगोले जलेर देवघाट गाउँपालिका २ डिगाउँ बस्ने ५२ वर्षीय नरबहादुर चितौरे र २७ वर्षीय लक्ष्मण सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते दुवै मलामीको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।




