रौतहट । रौतहटको मौलापुरमा शुक्रबारदेखि मधानी महोत्सव सुरु भएको छ । महोत्सवको पहिलो दिन भारतीय अभिनेता गोविन्दाले कार्यक्रम प्रस्तुत गरेका छन् । नेपाली तथा भोजपुरी चलचित्रका कलाकारहरू पनि यो महोत्सवमा सहभागी भएका थिए ।
मौलापुर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा सहभागी हुन भारतीय चलचित्रका सुपरस्टार अभिनेता गोविन्दा रौतहट आएका हुन् । उनको प्रस्तुति हेर्न हजारौँको संख्यामा रौतहट लगायतका आसपासका जिल्लाहरुबाट दर्शक मौलापुरमा आएका थिए ।
कार्यक्रममा अभिनेता गोविन्दाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रौतहट आउन पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले नेपाल र नेपाली दर्शकहरुको माया आफूले सदैव पाएको बताएका थिए ।




