सप्तरी । कुनौली-राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ स्थित पुलमुनि एक बेवारिसे पुरुषको शव फेला परेको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका १६ बस्ने राजेशकुमार यादव रहेका प्रहरीले जनाएको छ ।
पुलमुनि मधेस प्रदेश ३०६१ नम्बरको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सक्ने प्रहरीले जनाएको छ । कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म नखुलेको तर घटना बारेमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
पुलको तल शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।




