रौतहट । गौर नगरपालिका वडा नं. ५ स्थित सार्वजनिक सडकखण्डमा चर्को आवाजमा अश्लिल गीतहरू बजाउँदै गरेको अवस्थामा प्रहरीले डिजे साउण्ड सिस्टम नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले ट्राक्टरसहितको डिजे साउण्ड सिस्टम र चालक नियन्त्रणमा लिई कानून बमोजिम कार्वाही गरिने जनाएको छ ।
केहि समयअघि जिल्ला प्रहरी कार्यालय रौतहटले चर्को ध्वनिसहितको डिजे साउण्डले मानिसहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले ध्वनि प्रदुषण रहित वातावरण निर्माण गर्ने अभियान थालेको जनाएको थियो ।





