सुर्खेत । वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बारा जिल्ला घर भई हाल वीरेन्द्रनगर ९ लाटीकोइली स्थित दैलेखी टोल बस्ने अन्दाजी वर्ष ३२ का अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन् ।
मंगलबार बिहान ११ बजे पट्टेल आफू सुतेको घरमा घाँटी काटिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको घाँटीमा गहिरो चोट लागेको छ । साथै घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ ।
प्रहरीका अनुसार उनी लामो समयदेखि वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएका थिए । घटनाको प्रकृति हेर्दा उनले आफैले घाँटीमा चुलेसी प्रहार गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पट्टेलका घर परिवारले आफूहरू सुर्खेत आउँदै गरेकाले शवलाई सुरक्षित कोठामै राख्न प्रहरीलाई अनुरोध गरेका छन् ।






