रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवलवामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । कैलाश राउत बरई, शत्रुधन साह, हृदय साहको घरमा आगलागी भएको हो ।
आगलागीमा खाने समान, लत्ता कपडा लगायतका लाखौ बराबरको सर समान जलेर नष्ट भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगोलाई स्थानीय, शसस्त्र प्रहरीको सहयोग र गौर नगरपालिकाको वरुणा यन्त्रले नियन्त्रणमा लिएको थियो ।






