काठमाडौं । परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा कुटाकुट भएको छ । डडेलाधुरा जिल्लामा अवस्थित उक्त पालिकाको आज बिहान बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिबीच कुटाकुट हुँदा प्रमुख प्रशासकीय अधिकृत घाइते भएका छन् ।
जनप्रतिनिधि बीच कुटाकुट हुँदा घाइते भएका जोशीको टाउकोमा चोट लागेको छ । घाइते जोशीको जोडवुडा अस्पतालमा उपचार भइरहेको र उनको टाउँकोमा तीन वटा टाँका लगाइएको जनाइएको छ ।




