काभ्रे । काभ्रेको भुम्लु गाउँपालिका १० स्थित दोलालघाटमा बिहिबार ६ बजेर ५५ मिनेटतिर खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते भएका छन् ।
दोलालघाटमा सुन्दर श्रेष्ठको घरमा डेरा लिई बस्ने ३६ वर्षीया निरमाया तामाङको भान्सामा खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीमा निरमाया, सोही घरमा बस्ने सादना तामाङकी ७ वर्षीया छोरी सबिना र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ११ वर्षीया प्रविसा परियार घाइते भएका छन् ।
घाइते भएका ३ जनालाई धुलिखेल अस्पतालबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको छ । आगो पाँचखाल नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा निभाइएको थियो ।






