वीरगन्ज । सशस्त्र प्रहरी बल पर्सा गणबाट खटिएको गाडी मोबाइल टोलीले भारतबाट अवैधरुपमा चोरी पैठारी गरी भारतीय नम्बर प्लेटको बिआर २२ एक्स ५९५६ र बिआर २२ एक्स २८५० गरी दुई वटा मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको कपडा र मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा बहुदरमाई २९ र ४१ वर्षीय दुई जना रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका व्यक्तिको नाम र बरामद भएको कपडाको परिमाण प्रहरीले खुलाएको छैन ।




