बारा । सिम्रौनगढ नगरपालिका ४ गङ्गानगरस्थित गण्डक नहरखण्डबाट प्रहरीले खोटा मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, मोतिहारी ग्राम हरनरायणा १० निवासी ३९ वर्षीय राजेश दास र अगरवा ४ निवासी ४३ वर्षीय रामप्रवेश दास रहेका छन् ।
गस्तीमा रहेको अमृतगंज प्रहरी टोलीले बस चेकजाँच गर्दा दुवै जनाले बोकेका झोलामा माथिबाट रु एक हजारको नोट रहेको र बीचमा नोट छाप्ने कागजको बिटा रहेको १६ वटा गड्डी बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चार हजार नोट पनि बरामद गरेको इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राइले जानकारी दिए । दुवै जना भारतीय माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




