कालीकोट । कालीकोटको खाडाचक्र ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ । स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर उनीहरुको ज्यान गएको हो ।
डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा ज्यान गएको हो ।
छोरीको चैत ४ गते र बुवाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । डढेलोमा जलेर ४५ वटा बाख्रा समेत मरेका छन् ।




