काठमाडौं । भ्रष्टाचारका तीन मुद्दामा विशेष अदालतले बिहिबार फैसला सुनाएको छ । जसमा तीनै मुद्दामा प्रतिवादी दोषी ठहर भएका छन् । नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दामा प्रहरी अधिकारी राजन सिंह भण्डारी दोषी ठहर भएका छन् ।
त्यस्तै, नक्कली प्रमाणपत्रकै लाल सिंह खड्का पनि दोषी ठहर भएका छन् । यस्तै घुस मुद्दामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका टेक्निसियन लेखनाथ भट्टराई पनि दोषी ठहर भएका छन् । भट्टराई ५० हजार रुपैयाँ घुससहित गत असारमा पक्राउ परेका थिए ।






