काठमाडौं । अख्तियारको टोलीले फेला पारेपछि घुसको रकम फ्याँकेर भागेका कर्मचारीलाई प्रतिवादी बनाउँदै विशेषमा मुद्दा चलाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराज, सप्तरीका सव इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो ।
भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका रजकविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
रजकलाई घुस वापतको १५ हजार नगद र ५५ हजारको चेक फ्याँकेर भाग्दै गरेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
उनीविरुद्ध ७० हजार बिगो कायम गरी सोही बमोजिम जरिवाना सजाय समेत हुने गरी आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।






