बारा । निजगढ नगरपालिका १३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबालाई अवैध लागूऔषध गाँजा करिव २ सय ५० किलो र नगद २ लाख ७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वाईबाको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
साथै उनको घरबाट ना ३९ प २४५३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






