सर्लाही । सर्लाहीमा एक छात्रले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिएका छन् । बागमती नगरपालिका २ निवासी एक छात्रले इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाटै परीक्षा दिएका हुन् ।
आफ्नै आमाको आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका उनले परीक्षा दिएका हुन् । प्रहरीले हिरासतमै परीक्षाको व्यवस्था मिलाएको हो ।




