धनुषा । धनुषामा सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सफाइ गर्ने क्रममा शनिबार एक पुरुषको मृत्यु भएको छ । धनुषाधाम नगरपालिकास्थित धनुषाधाममा धनुषाधाम नगरपालिका ३ का ४५ वर्षीय ठेकु मल्लिकको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक मल्लिकको शव अहिले पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




