पर्वत । पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा फेला परेका छन् । स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी आफ्नै घरभित्र मृतावस्थामा भेटिएका हुन् ।
स्थानीयले श्रीमान् र श्रीमती नै मृतावस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए । स्थानीयको खबर लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
जलजला गाउँपालिका २ का वडाअध्यक्ष प्रकाश जिसीले घरभित्रै हत्या भएको जस्तो प्रकृतिमा दम्पतीको शव बिहान ९ बजे भेटिएको जानकारी दिए । दुवै जना रगताम्य अवस्थामा भेटिएका थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।




